Search
Close this search box.

बुद्ध माविका विद्यार्थीकाे शैक्षिक भ्रमण

हेटाैंडा- मकवानपुरकाे बकैया-३ मा रहेकाे बुद्ध माविका विद्यार्थीहरुकाे शैक्षिक अवलाेकन भ्रमण गरिएकाे छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुकाे भारतकाे सिक्किम, दार्जलिङ, सिलगुडीलगायत नेपालका पूर्वी क्षेत्रकाे भ्रमण गराइएकाे हाे ।

विद्यार्थीकाे शैक्षिक तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्धेश्यले गत मंसिर २१ गतेदेखि २५ गतेसम्म शैक्षिक भ्रमणकाे आयाेजना गरिएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराचन्द्र बजगाईं ‘निशान’ ले जानकारी दिए ।

भ्रमणमा विद्यालयमा कक्षा १२ मा अध्ययनरत ५४ जना विद्यार्थीकाे सहभागिता रहेकाे थियाे । शैक्षिक भ्रमणकाे लागि विद्यालयकाे चिठ्ठा कार्यक्रम, वडा कार्यालय, विद्यार्थी शिक्षक र अभिवावकहरुबाट आर्थिक सहयाेग जुटाइएकाे विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर भाेम्जनले जानकारी दिए । ५ दिने भ्रमणका क्रममा विद्यार्थी र अभिभावककाे टाेलीले भारतका साथै नेपालका जोगवनी, बुढासुब्बा, ईलाम, काकडभिट्टा, भेडेटार, जनकपुरकाे जानकी मन्दिरलगायत धार्मिक, शैक्षिक र पर्यटकीय क्षेत्रकाे भ्रमण गरेकाे थियाे ।

भ्रमणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजगाईं, प्रधानाध्यापक भाेम्जन, शिक्षक अभिभावक संघका अध्यक्ष गणेश सेन्चुरीलगायतकाे सहभागिता रहेकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan