Search
Close this search box.

उत्पादनको बिक्री सहज नहुँदा किसान आन्दोलनमा

सुनसरीका किसान आफूले उत्पादन गरेको अन्न, तरकारीलगायत बिक्रीमा प्रहरी प्रशासन र भन्सारले दुःख दिएको भन्दै आन्दोलनमा उत्रेका छन्। जिल्ला सदरमुकाम इनरुवाको रामजानकी थोक बजारबाट बिक्री गरेको र बाहिर जिल्लामा लैजाने क्रममा प्रहरी र भन्सारले दुःख दिएको भन्दै आन्दोलनमा उत्रेका हुन्। 

एउटा जिल्लाबाट अर्को जिल्लामा लैजाँदा अनलाइन बिलको खोजी गर्ने प्रहरी र भन्सारले तरकारी जफत गरी दुःख दिएको भन्दै आन्दोलनमा उत्रेको बताइएको छ। 

स्थानीय थोक व्यापारी श्रवण यादवले आफूहरूले इनरुवामा खरिद गरेको तरकारी जिल्ला बाहिर लैजाँदा प्रहरीले अनावश्यक दुःख दिएको बताए। यादवले थोक बजारले नै अनलाइन बिल नदिएकाले आफूहरूले उक्त बिल दिन नसक्दा पैसा तिरेर किसानको तरकारी किन्दासमेत तरकारी जफत गर्ने गरी दुःख दिएकोले किसान र व्यापारी आन्दोलनमा उत्रेको बताएका छन।

किसान रहमान मियाँले किसानलाई सहज रूपमा तरकारी बिक्रीको वतावरण मिलाउन दवाव दिन आन्दोलनमा उत्रेको बताए।

प्रदेश १ मा निर्वाचित प्रदेश सभा सदस्य हाजि इसराइल मन्सुरीले किसानलाई कुनै पनि असहज हुन नदिने बताएका छन। मन्सुरीले तरकारी उत्पादक किसानले कुनै अनलाइन बिल दिनु नपर्ने तर अर्को जिल्लामा तरकारी लैजान केही कागजी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सम्बन्धित निकायलाई सहजीकरणका लागि आग्रह गरेको बताए।

उनले आफ्नो पहलमा तीन दिनभित्रमा किसानका समस्या समाधान हुने गरी प्रयास थालेको बताए। मन्सुरीले आफ्नै बारीमा मलखाद र सिँचाइको अभावमा जेनतेन उत्पादन गरेका उत्पादन बिक्री तथा ओसारपसारमा कुनै पनि अवरोध मान्य नहुने बताए।   गोरखापत्रबाट

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan