Search
Close this search box.

ब्रेन्टफोर्डसँग लिभरपुल ३–१ ले पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डसँग लिभरपुल पराजित भएको छ । गएराति सम्पन्न खेलमा ऊ ब्रेन्टफोर्डसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

ब्रेन्टफोर्डको जितमा इब्राहिम कोन्टे, योने विसा र ब्रायन एमबेउमोले एक/एक गोल गरे । लिभरपुलका एलेक्स अक्सलेड च्याम्बरलेनले एक गोल फर्काए ।

खेलमा लिभरपुलका कोन्टेले खेलको १९औँ मिनेटमा आत्मघाती गोल गरेपछि ब्रेन्टफोर्डले सुरुआती अग्रता लिएको थियो । ​योने विसाले खेलको ४२औँ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

लिभरपुलका च्याम्बरलेनले ५०औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ब्रायन एमबेउमोले ८४औँ मिनेटमा गोल गर्दै ब्रेन्टफोर्डलाई ३–१ को जित दिलाए । 

ब्रेन्टफोर्ड १८ खेलमा २६ अंकका साथ सातौँ स्थानमा छ । पराजित लिभरपुल १७ खेलमा २८ अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको छ ।  १६ खेलमा ४३ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । 

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan