Search
Close this search box.

राष्ट्रिय भेट्रान्स फुटबलमा आज सेमिफाइनल

हेटौंडा – हेटौंडा ५ स्थित क्याम्पाडाँडा खेल मैदानमा जारी राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा बिहीबार चार वटा खेल भएका छन् । बिहीबारको प्रतियोगितामा काठमाडौंको दुईवटा टोली, पोखराको एविसी र सिमरा भेट्रान्स विजयी भएको हो ।

जोरपाटी भेट्रान्स काठमाडौंले बगर भाइ खलक पोखरालाई २–० ले पराजित गरेको थियो । त्यस्तै, मनाङ मस्र्याङ्दी भेट्रान्स क्लबले एक्स भेट्रान्स पोखरालाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

हेटौंडा भेट्रान्स (ए) लाई सिमरा भेट्रान्स बाराले १–० गोलअन्तरले पराजित गरेको छ । अर्को खेलमा एवीसी पोखराले हेटौंडा भेट्रान्स (वि)लाई ५–० फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश प्रवेश गरेको हो ।

आज शुक्रबार सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल भोलि शनिबार दिउँसो २ बजे हुने आयोजक हेटौंडा भेट्रान्स क्लबका महासचिव कविन सांगामीले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan