हेटौंडा– गत शैक्षिक सत्रमा सबै शिक्षकलाई ल्यापटप वितरण गरेको हेटौंडा–१६ स्थि जनप्रिय माध्यमिक विद्यालयले शिक्षकको क्षमता अभिवृद्धिको लागि तालिम दिएको छ । ल्यापटपको प्रयोगबाट प्रविधिमैत्री शिक्षण सिकाईमा पोख्त बनाउन शिक्षकलाई तालिम दिन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले बताए ।
आज सोमबारबाट सुरु भएको तहगत तालिम भोलि मंगलबारसम्म चल्नेछ । शिक्षकलाई सूचना प्रविधिसम्बन्धी विषयगत तालिम पनि प्रदान गरिने तालिम संयोजक संप्रस पौडलले जानकारी दिए । पहिलो दिनको तालिममा सहजकर्ताहरु सरोज लामिछाने, संप्रस पौडेल, अभिषेक बबास्तोला र दिपेन्द्र पोैडेलले सहजीकरण गरेका छन् । भोलि दोस्रो दिनको तालिममा बद्रीबहादुर पाठक, अर्पण पराजुली, सन्यासी श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले सहजीकरण गर्नेछन् ।
सिकाइ उपलब्धी अपेक्षाकृत बनाउन यस्तो तालिमले उल्लेख्य भूमिका निर्वाह गर्ने भन्दै प्रधानाध्यापक चौलागाईले सबै शिक्षकलाई तालिमबाट धेरैधेरै भन्दा धेरै ज्ञान बटुल्न आग्रह गरे । जनप्रिय मिडिया विभागका संयोजक सुनिल गौतमले तालिममा सहजीकरण गरेका थिए । कार्यक्रममा शिक्षक अभिभावक संघ प्रतिनिधि सहित करिव ५५ जना शिक्षकको सहभागिता रहेको थियो ।

