Search
Close this search box.

मकवानपुर गोल्डकप माघ २९ गतेबाट

पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यही माघ २९ गतेबाट सुरु हुने भएको छ।आयोजक मकवानपुर जिल्ला फुटबल संघले आज हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा संचालन हुने प्रतियोगितामा दुई विदेशी टिम, ८ ए डिभिजन क्लब र दुई मोफसल टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद १० लाख रुपैयाँ प्राप्त गर्ने संघ मकवानपुरका अध्यक्ष टिका लामाले बताए ।

यस्तै, प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan