Search
Close this search box.

हेटौंडामा जारी महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता, शनिबार मात्र २५ लाख कारोबार

हेटौंडा–मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा दर्शकहरुको बाक्लो उपस्थिति भएको छ । महोत्सवको चौथो दिन शनिबार करिब २५ हजार जना भन्दा बढी दर्शकले मेला आयोजना गरेको आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा रहेका विभिन्न वस्तु र मनोरञ्जन तथा खानाहरुको समेत गरी शनिबार एक दिन मात्रै करिब ४० लाख बराबरको कारोबार भएको अनुमान गरिएको छ । शनिबार शनिबार राष्ट्रिय कलाकार गायिका टिका प्रसाई र गायक किरण भुजेलले हेटौंडेली दर्शकलाई आफ्नो सांगीतिक प्रस्तुति दिई दर्शकलाई मनोरन्जन दिलाएका थिए ।

महोत्सवमा कमेडियन राजा राजेन्द्र पोखरेलले दर्शकहरुलाई हसाउँदै आफ्नो प्रस्तुती दिएका थिए । प्यारोडी गीत, क्यारिकेचरमा पोख्त रहेका चर्चित हास्यकलाकार राजा राजेन्द्रले महोत्सवमा दर्शकलाई पेट मिचिमिची हँसाए । आइतबार चर्चित गायक रमेशराज भट्टराई, गायिका मञ्जु पौडेल, स्याण्डअप कमेडियन सीता न्यौपानेको मनोरन्जनात्मक प्रस्तुति रहने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए ।

महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको मःम, रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दिपक उप्रेतीले बताए ।
११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan