Search
Close this search box.

मकवानपुर गाेल्डकप माघ २८ बाट


हेटाैँडा- पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यही माघ २८ गतेबाट फागुन १० गतेसम्म हुने भएको छ।

बिहीबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै आयोजक मकवानपुर जिल्ला फुटबल संघले प्रतियोगितामा १२ वटा क्लवको सहभागिता रहने जानकारी दिएको हो ।

हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद १० लाख रुपैयाँ प्राप्त गर्ने फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले बताए । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ, उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिनेछ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan