Search
Close this search box.

सकियो बाल कला साहित्य महोत्सव

हेटौंडा–हेटौंडामा दुइदिनसम्म चलेको बाल कला साहित्य महोत्सव सम्पन्न भएको छ । शुक्रबार र शनिबार हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन माविमा तेस्रो हेटौंडा बाल कला साहित्य महोत्सवको आयोजना गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकासंगको सहकार्यमा नवोदय शिशु सदन मावि, हेटौंडा स्कूल अफ म्यानेजमेण्ट र काठमाडौं पब्लिकेसनले बाल साहित्य महोत्सवको आयोजनामा गरेका हुन् ।
विद्यार्थीमा पठन संस्कृतिको विकासको उद्देश्य सहित दुईदिन सम्म सञ्चालन हुने महोत्सवमा शुक्रबार कला, साहित्य, शिक्षासँग सम्बन्धित १२ वटा विविध विषयमा कार्यशाला सञ्चालन भएको थियो ।

महोत्सवमा शनिबार विभिन्न सेसन सहित प्यानल डिस्कसन गरिएको महोत्सवका संयोजक सीएम रिमालले जानकारी दिए । महोत्सवमा भारतीय लेखक समिना मिश्र र पाकिस्तानी शिक्षाविद् रुमना हुसेनको पनि सहभागिता रहेको थियो । भारत र पाकिस्तानमा बाल साहित्यको प्रवद्र्धनमा भएका अभ्यास र नेपालको अभ्यासबीच तुलनात्मक अध्ययन तथा अन्तरक्रियाका लागि छिमेकी मुलुबाट समेत सहभागी गराइएको कार्यक्रम संयोजक रिमालले बताए ।

कला, साहित्य, बाजागाजा र संस्कृतिको पहिचान गराउँदै त्यसप्रति रुचि जगाउनुका साथै नवसर्जक र स्थापित सर्जकबीच अन्तरक्रियाको अवसर सिर्जना गर्न महोत्सवलाई निरन्तरता दिइएको विद्यालय निर्देशक दिपेश जोशीले बताए ।

महोत्सवमा तीन हजार पाँच सय बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाको उपस्थिति रहेको आयोजकले दावी गरेको छ । महोत्सवमा विभिन्न पुस्तक, खानेकुराका स्टलका साथै स्थानीय परम्परागत बाजागाजा, संस्कृति झल्कने स्टल, विज्ञान, चित्रकला प्रदर्शनीलगायत गरिएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan