मकवानपुरकाे हेटौडामा जारी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत साेमबार भएकाे खेलमा वीरगञ्ज युनाइटेडद्वारा एनआरटी पराजीत भएकाे छ । ए डिभिजन टोली न्यूरोड टीम (एनआरटी) माथि वीरगञ्ज युनाइटेडले जीत हात पार्दै अन्तिम आठमा स्थान बनाएकाे हाे ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा एनआरटीलाई ३–२ गोलअन्तरले पराजित गर्दै वीरगञ्ज अन्तिम आठमा प्रवेश गरेको हो । वीरगञ्जको तर्फबाट कृपा चौधरीले दुई र विवेक चौधरीले एक गोल गरे । कृपाले ५० र ७४ र विवेकले २९ औं मिनेटमा गोल गरेका थिए । एनआरटीको तर्फबाट दिनेश आले र ललिनुन जामाले एक/एक गोल गरेका थिए । एनआरटीको तर्फबाट दिनेशले २३ र ललिनुनले ७८ औं मिनेटमा गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच वीरगञ्जका कृपा घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरे ।प्रतियाेगिता अन्तर्गत चौथाे खेल मंगलबार हिमालयन शेर्पा काठमाडाै र बागमती युवा क्लव सर्लाही बीच खेल हुने आयाेजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएकाे छ ।

