मकवानपुरको हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौ अन्तिम ८ मा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बागमती युथ क्लब सर्लाहीलाई पराजित गर्दै शेर्पाले अन्तिम ८ मा प्रवेश पाएको हो ।
प्रतियोगिता अन्तर्गत आज भएको चौथो खेलमा शेर्पाले बागमतीलाई २-१ गोलअन्तरले पराजित गरेको हो । शेर्पाको लागि यमिले ३७ र निशान लिम्बुले ६४ औं मिनेटमा गोल गरे । वागमतीको तर्फबाट सनम धिमालले सान्त्वना गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच शेर्पाका निशान लिम्बू भए । उनले नगद १० हजार प्राप्त गरे ।
बुधबार प्रतियोगिताको पाचौ खेल एभिनर एफसी क्यामरुन र वीरगंज युथ एकेडेमीबीच खेल हुनेछ ।
केही प्रतिक्रिया छ कि ?

