पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १–० गोलअन्तरले पराजित गर्दै मनाङ च्याम्पियन भएको हो । मनाङको जीतमा एकमात्र निर्णायक गोल रोशन रानामगरले गरेका थिए । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका हुन् ।
उपाधिसँगै मनाङले नगद १५ लाख प्राप्त गरेको छ भने उपविजेता हिमालयनले नगद १० लाखसहित शिल्ड प्राप्त गरेको छ ।माघ २८ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।
केही प्रतिक्रिया छ कि ?

