हेटौंडा– राहत शिक्षक समिति बागमती गाउँपालिकाको अध्यक्षमा हस्तबहादुर राना निर्वाचित भएका छ्न् । मकवानपुरको बागमती गाउँपालिकाको आज शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्ष राना सहित १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि बागमती गाउँपालिका प्रमुख सर्केश घलानले संघीय शिक्षा शिक्षा हालसम्म जारी नहुँदा स्थानीय सरकारले शिक्षामा उचित निर्णय गर्न नसकिएकोमा असन्तुष्ट व्यक्त गरे । नेपालको विद्यालयहरूमा लामो समयसम्म कार्यरत रहेका हजारौं राहत शिक्षकहरूको अधिकार ,माग र मुद्दा न्यायोचित ढंगले अब जारी हुने संघिय शिक्षा ऐनले सम्बोधन हुने गरी व्यवस्था हुन पर्ने धारणा राखे । शैक्षिक क्षेत्रमा दशकौ देखि सेवा पुर्याउने हजारौ राहत शिक्षकहरूको जायज मागहरू अविलम्ब सम्बोधन गर्न केन्द्र सरकारलाई अनुरोध गरे ।
स्थानीय तहको शिक्षाको परिवर्तनका लागि राहत शिकको ठूलो योगदान रहेको स्मरण गर्दै आगामी दिनमा पनि पालिकासंग सहकार्य गरी थप शैक्षिक सुधारको लागि लाग्न आग्रह गरे । साथै राहत शिक्षकहरूको हक, अधिकार तथा जायज माग र मुद्दा सम्बोधनका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको जानकारी गराउँदै अधिवेशन सफलताको हुभेच्छा व्यक्त गरे ।
राहत शिक्षक समितिले सरकार समक्ष आफ्ना पेसागत माग र मुद्दा थुप्रै अघि सारेर संघर्षरत रहेको भन्दै उठाएका जायज माग र मुद्दा सम्बोधनका लागि एकिकृत अखिल नेपाल शिक्षक संगठन सधै राहत शिक्षकहरूको साथमा रहेको सो संगठनका जिल्ला अध्यक्ष वसन्त राईले बताए । अब जारी हुने शिक्षा ऐनमा आफ्ना माग र मुद्दा सम्बोधन हुने गरी ल्याउनु पर्ने राहत शिक्षक केन्द्रीय समिति सदस्य सन्देश तुम्सिङ र मकवानपुर जिल्ला सहसचिव जीवन तिमल्सिनाको साझा धारणा थियो ।
हस्त रानाको सभाध्यक्षमा महाबुद्ध आधारभूत विद्यालयमा आज सम्पन्न बागमती गाउँपालिका स्तरीय राहत शिक्षक समितिको दोश्रो अधिवेशनमा पालिका अन्तर्गतका राहत शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । हाल यस पालिकामा मावि, निमावि र प्रावि तहमा राहत शिक्षक दरबन्दीमा ११० शिक्षक कार्यरत रहेका छन् ।
नव निर्वाचित बागमती गाउँपालिका स्तरीय राहत शिक्षक समिति कार्यसमिति यस्तो छ ।
अध्यक्ष– हस्तबहादुर राना
महिला उपाध्य – उषा माझी
उपाध्यक्ष – सुनिता लामा
कोषाध्यक्ष – ज्ञानबहादुर राई
सचिव – ज्ञानबहादुर लामा
सदस्य – गीता राउत
सदस्य – रोशन सिंतान
सदस्य – एक्काबहादुर दोङ
सदस्य – वीरमान घलान
सदस्य – हरिबहादुर जर्गा
सदस्य – कमला सिंतान
सदस्य – रेखा रिजाल
सदस्य – सन्तलाल पाख्रिन

