Search
Close this search box.

महिला पत्रकारको अवस्था, योगदान र चुनौतिहरु

मन्जु मैलाली – पत्रकारिता पेशा आफैमा एक चुनौतीपूर्ण पेशा हो । पत्रकारिता पेशामा महिला र पुरुष दुवैमा चुनौतीपूर्ण पेशा रहेको छ । पत्रकारिता पेशामा पत्रकारका लागि आर्थिक र भौतिकमा समस्या छ भने,असुरक्षीत पनी छ । 

पछिल्लो समय समाचार लेखेकै कारण पत्रकारहरु धेरै कुटपिटमा परिरहेको अवस्था छ । पत्रकारलाई खुलेर गलत कुरालाइ गलत भनेर समाचार लेख्ने अधिकार पनि पछिल्लो समय पत्रकारलाइ छैन । समाचार लेख्दा पनि सोचेर लेख्न पर्ने अवस्था छ। समाचार लेखे कै कारण ज्यान मार्ने धम्की देखि लिएर कुटपिटमा धेरै  पत्रकारहरु परेको कारणले गर्दा पनि महिलाहरुलाई पत्रकारिता गर्न परिवारबाट पनि बंचित छन । पत्रकारलाई राज्यको चौथो अंग भनेता पनि राज्यले पत्रकारको लागि उचित हकहितको लागि केही गर्न सकेको अवस्था छैन ।

धेरै महिला पत्रकारहरु आफ्नो छेत्रमा अझै पनि खुलेर अगाडि बढ्न सकेका छैनन् । महिला पत्रकारहरुले आफ्नो व्यवसाय कै रुपमा पत्रकारितालाई  अगाडि बढाउनेको ज्यादै संख्या न्यून छ । पत्रकारितामा राम्रो काम गरेर अगि बढ्छु भन्ने महिला पत्रकार कमै भेटिन्छन । केही सञ्चार छेत्रमा रहेका महिलाहरु पनि कार्यक्रम चलाउने र न्युज रिडरको रुपमा काम गरिरहेका छन। फिल्डमा निस्केर काम गर्ने महिलाको संख्या न्यून देखिन्छ ।

महिला पत्रकारहरु सक्षम भएर काम गर्न खोजे पनि कतिपय पुरुष पत्रकारहरुले महिलाको लागि यो पेशा हैन भनी अघि बढ्न नदिनुको साथै हतोत्साहित गर्ने काम पनि गरेको देखिन्छ ।

पारिश्रमिक देखि लिएर अन्य कुराहरुमा पनि महिला पत्रकारलाइ पुरुषको हिसाबमा तल पारिन्छ । जस कारण महिला पत्रकारहरु पत्रकार पेशामा अडिग रहन सकेका छैन्न।

राज्यको चौथो अंग मानिने पत्रकारिता पेशामा महिलाहरू आएको केही समय मै निरन्तरता दिन नसकी  हराएर जान्छन । किन महिलाहरुले पत्रकारिता पेशालाई निरंतरता दिन सक्दैनन ? यो प्रश्न लामो समय देखि प्रश्न मै सिमित रहेको छ । परिवर्तन भने ल्याउन सकिएको छैन । महिला पत्रकारहरुलाई जुनसुकै ठाउमा हामीले हेरे पनि पछि पारे कै देखिन्छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखा मै हेर्ने हो भने पनि अहिल्य  सम्म एउटा पनि महिला पत्रकार अध्यक्ष बन्न सकेको र बनाइएको अवस्था छैन ।

पत्रकारिता  पेशामा महिलाहरू विभिन्न छेत्रमा कलम चलाइ रहेका हुन्छन तर महिला पत्रकारहरु नै कति ठाउँमा पीडित भैरहेका छन । समाचार संकलनको लागि फिल्डमा जादा देखि लिएर आफुले काम गर्ने कार्यालय सम्ममा महिला पत्रकारहरु शोषणमा परिरहेका हुन्छन । त्यति मात्र न भइ समचार संकलनको लागि रिपोर्टिङमा कोहि पुरुष पत्रकार सङ हिडदा समेत पनि यो समाजले कुरा काट्ने कारणले गर्दा पनि पत्रकारिता पेशा प्रती हीनताबोध हुने गरेको पाइन्छ । यो समाजमा केही परिवर्तन गर्छु भनेर कलम चलाउन खोज्ने महिला पत्रकारहरुको खुट्टा तान्ने र उसको नियत मै खोट लागाएर अनेकौं पश्न वाचक चिन्हहरु लगाइन्छ ।

पत्रकारिता पेशामा लागेका महिलाहरु जसले घरायसी सबै  कामहरु  गरेर पनि पत्रकारिता पेशालाई निरन्तरता दिरहेकी हुन्छिन तर पनि कामको मुल्यांकन र प्रोत्साहन गर्ने काम भएको पाइन्न । जसको कारण महिला पत्रकारहरु बिस्तारै सेलाउदै जान्छन र कतिपय पलायन  नै हुन्छन् ।

पत्रकारिता पेशामा भने जस्तो पारिश्रमिक पाउन नसकेको करण र विवाह पछि थपिने जिम्मेवारी र पत्रकारिता पेशामा दिनु पर्ने समय मिलाउन नसकेको कारण पनि महिला पत्रकारहरु बिस्तारै हराउदै गैरहेका छन् । अरुलाइ परेको समस्याको बारेमा कलम चलाउने महिला पत्रकारहरु कतिपय रिपोर्टिङ गर्न पुगेको ठाउमा आफै पनि हिंसाको सिकार हुने गरेका छन् ।

आफुमा जस्तोसुकै अवस्था पनि  हिम्मत र हौसला राखी लक्ष्यमा पुग्छु भनी साहस बोकेर हिड्ने महिला पत्रकारले मात्र पत्रकारितालाई निरन्तरता दिन सक्छन । महिलाहरु पत्रकारिता पेसामा छिरिहाले पनि कार्यक्रम चलाउने र समचार बाचिकाको लागि बढी अग्रसर देखिन्छन फिल्डमा गएर समचार लेख्ने हिम्मत कति महिलाहरुले पुरुष जतिकै सरल तरिकाले गर्नै सक्दैन्न ।

महिलाहरु पत्रकारिता पेशामा जतिसुकै क्षमतावान भएपनी पुरुषलाई नै सक्षम मान्ने  र पुरुषले नै गर्न सक्छन भन्ने मानसिकता हाम्रो समाजले बोकेको छ । कतिपय अवस्थामा महिलाहरुले अवसर पाउने अवस्था छ भने पनि निर्णय लिने र निर्देशन दिने स्थानहरुमा महिलालाइ अगाडि बढ्न नदिई पछाडि नै पारिन्छ ।

यदि महिला र पुरुषको विभेद नगरी विभेद रहित समाज हामीले निर्माण गर्ने हो भने महिला पुरुष दुबैलाइ समान व्यवहार गर्नु पर्ने देखिन्छ । महिलाहरुलाई क्षमता र योग्यता अनुसार अगाडि बढने अवसर दिनु पर्छ ।
सबै संचारगृहरुले महिला पुरुष दुबैलाइ समान हक र अधिकार दिने हो भने मात्र महिला पत्रकार प्रती आउने चुनौतिहरुलाई सामना गरि महिला पत्रकारहरु पत्रकारिता पेशामा निरन्तरता दिनसक्छन् । महिला पत्रकारहरुलाइ पनि पुरुष जतिकै पत्रकारिता पेशामा अगाडि बढाउने हो भने महिला कमजोर हुन्छन पुरुष जतिकै काम गर्न सक्दैनन भन्ने मानसिकतालाई परिवर्तन  आवश्यक छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan