Search
Close this search box.

राहत शिक्षक समिति मकवानपुरकाे अध्यक्षमा तिमल्सिना

हेटाैँडा- नेपाल राहत शिक्षक समिति मकवानपुरकाे अध्यक्षमा जीवन तिमल्सिना चयन भएका छन् । शनिबार हेटाैँडामा भएकाे छैठाैँ अधिवेशनबाट तिमल्सिनाकाे अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएकाे हाे ।

समितिकाे उपाध्यक्षमा निराजन गाेपाली, निर्मला सिन्तान र रामशरण दाहाल रहेका छन् भने सचिवमा शम्भु पराजुली चयन भएका छन् । समितिकाे सहसचिवमा बद्री बानियाँ, काेषाध्यक्षमा हेम विक र सहकाेषाध्यक्षमा क्षमकला बस्नेत रहेका छन् । त्यस्तै सदस्यहरुमा लालु रुम्बा, शर्मिला पाैडेल, सुदर्शन पाैडेल, राम थापा, मन्दिरा घिमिरे, बसुन्धरा गाैतमलगायत रहेका छन् । लक्ष्मीकुमारी श्रेष्ठलाई केन्द्रीय प्रतिनिधिकाे रुपमा चयन गरिएकाे छ ।

राहत शिक्षक समिति मकवानपुरका अध्यक्ष हरिप्रसाद पाैड्यालकाे अध्यक्षतामा भएकाे अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल राहत शिक्षक समितिका केन्द्रीय अध्यक्ष खेमराज अधिकारीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा समितिका उपमहासचिव डम्बर राई, बागमती प्रदेश समितिका अध्यक्ष बासु अधिकारी, शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका अधिकृत उन्नति ढकाल, भीमफेदी गाउँपालिका शिक्षा शाखाका अधिकृत प्रदिप अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाईंलगायत विभिन्न पेशागत संघ संगठनका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan