Search
Close this search box.

सिद्धार्थ माविको ४८ औ अभिभावक भेला सम्पन्न

हेटौंडा- हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले शनिबार अभिभावक भेला सम्पन्न गरेको छ ।

हेटौंडा उपमहानगरपालिका उप प्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बानियाँले शिक्षा मुलुकको प्रगती र उन्नतीको पाइला भएको भन्दै शिक्षा देश विकासका लागि महत्वपुर्ण रहेकोले शिक्षालाई सबैले सम्मान गर्नुपर्ने बताए । उनले विद्यार्थी र शिक्षक र अभिभावक बिचको त्रिकोणत्मक सम्बन्ध सुमधुर हुनुपर्ने बताउदै परिस्थीत गम्भीर ढङ्गले अघि बढेको भन्दै अभिभावकहरु सचेत रहनु पर्ने बताए ।

भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बानियाँले शैक्षिक अवस्था माथि उठाउन सबै पक्षको योगदान रहेको भन्दै राज्यमा रहेको तिन वटै सरकारले शिक्षा क्षेत्रको विकासका लागि सकरात्मक कदम चाल्नु पर्ने समेत बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा-२ का वडा सदस्य सुरज बर्तौला,हेटौंडा उपमहानगर शिक्षा विकास महाशाखा शिक्षा अधिकृत रमेश विडारी शिक्षक अभिभावक संघका अध्यक्ष भिम कुमार श्रेष्ठ, विद्यालयका पुर्व प्रधानाध्यापक लक्ष्मी भक्त घिसिङ,
विद्यालय व्यवस्थापन समितिका सदस्य रामचन्द्र बर्तौला,ज्ञानु महरा, लक्ष्मी श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रामचन्द्र ढकाल, विद्यालयका पुर्व प्रधानाध्यापक लक्ष्मी भक्त घिसिङ्, अभिभावकद्वय सुवास न्यौपाने,तारा राई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका पुर्व शिक्षकहरु विद्यालय व्यवस्थापन समितिका पुर्व शिक्षक ,विद्यार्थीहरुका अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले विद्यालयको आर्थिक सहित २०७७ शालको शैक्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने विद्यालयका सहायक प्रधानाध्यापक रामशरण अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा अङ्ग्रेजी माध्यम संयोजक गणेश प्रसाद हुमागाईले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan