हेटाैंडा- हेटाैंडा- ९ मा रहेकाे कृष्ण आदर्श इङ्लिस बाेर्डिङ स्कुलले साेमबार अभिभावक भेलाकाबीच दीक्षान्त समाराेहका साथै विविध सांस्कृतिक कार्यक्रमकाे आयाेजना गरेकाे छ । कक्षा १ मा प्रवेश गरेका ४९ जना विद्यार्थीलाई दीक्षित गर्नुका साथै ३५ जना विद्यार्थीलाई स्काउट तालिम पश्चात दीक्षितसमेत गरिएकाे थियाे ।

विद्यालयले विद्यार्थीहरुकाे अतिरिक्त क्रियाकलापअन्तरगत तेक्वान्दाेलाईसमेत समेटेकाे छ । तेक्वान्दाे सिक्दै गरेका ३५ जना विद्यार्थीलाई कार्यक्रमकैबीच तह बढुवा प्रमाणपत्र प्र दान गरिएकाे थियाे । विद्यालयले साेमबार नै नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीकाे नतिजा प्रकाशनसमेत गरेकाे छ । कक्षा युकेजीदेखि कक्षा ३ सम्मका विद्यार्थीले कार्यक्रममा विभिन्न रचनात्मक प्रस्तुति दिएका थिए । विद्यार्थीहरुले विभिन्न समूहमा बाँडिएर नृत्य, गायन तथा अन्य कक्षागत अध्ययन अभिवृद्धिका क्रियाकलापसमेत प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन केसीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा हेटाैंडा ९ नम्बर वडा अध्यक्ष सुकराम केसीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा टाेल विकास समिति नगर समन्वय समितिकी अध्यक्ष रमिला सपकाेटा, पशुपतिनगर टाेल विकास समितिकी अध्यक्ष सति न्याैपाने, नेपालका स्काउटका दीपेन्द्र राेक्का, अशाेक सारुमगरलगायतकाे आतिथ्यता रहेकाे थियाे ।




