हेटौंडा– हेटौंडा– ७ मा रहेको नवज्योति माध्यमिक विद्यालयमा हेटौंडा– ७ नम्बर वडा कार्यालयले ४ लाख बराबरको शैक्षिक साम्रगी सहयोग गरेको छ।
वडा कार्यालय मार्फत यस आर्थिक बर्षका लागि विनियोजित ४ लाख रकमको विज्ञान, गणित बिषयलाई आवश्यक साम्रगी सहित अन्य शैक्षिक सामग्री सहयोग गरेको हो । उक्त सामग्री बुधबार एक समारोहबीच ७ नम्बर वडा कार्यालय दामोदर गौतमले विद्यालय व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष कृष्ण बहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।
वडा भित्रको एक मात्र माध्यमिक तहसम्म अध्ययपान हुन विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी आवश्यक साम्रगी सहयोग गरिएको वडाअध्यक्ष गौतमले बताएका छन् । शैक्षिक साम्रगी हस्तान्तरण कार्यक्रममा हेटौंडा(७ का वडा सदस्यहरु सन्तुमाया पाख्रिन, श्याम सुन्दर परियार,राधिका विक र दिनेश थापामगर लगायत व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय, अभिभावकको उपस्थिति रहेको थियो ।

