Search
Close this search box.

उपमेयर कप भलिबलको उपाधि १९ र ११ ले जिते

हेटौंडा– पाँचौ संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि महिला र पुरुषतर्फ गरी हेटौंडा १९ र ११ नम्बर वडाको टिमले जितेका छन् ।
प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा हेटौंडा १२ पान्तले स्थित बुद्ध माबिमा प्रतियोगिता भएको थियो ।

बुधबार भएको फाइनलमा महिलतर्फ वडा नम्बर १९ ले वडा नम्बर ९ र पुरुषतर्फ पुरुषतर्फ ११ ले वडा नम्बर १९ लाई हराउँदै उपाधि जितेका हुन् । महिलातर्फको उपाधि वडा नम्बर १९ ले ३–२ को सेटमा जितेको हो । वडा नम्बर १९ ले खेल २०–२५, २५–२१, १६–२५, २५–२२ र १५–१३ ले आफ्नो पक्षमा पार्न सफल भयो । तीन सेटसम्मको खेलमा २–१ ले पछि परेको वडा नम्बर १९ ले चौथो र पाँचौ सेटमा शानदार जित निकाल्न सफल भएपछि उपाधि उचालेको हो ।

यस्तै पुरुषतर्फको फाइनल खेलमा ११ नम्बर वडाले १९ नम्बर वडालाई ३–२ को सेटमै पराजित गरेको हो । अति नै प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ११ ले लगातार दुई सेट क्रमशः १९–२५ र २१–२५ ले जितेको थियो । तर १९ नम्बर वडाले तेस्रो र चौथो सेटमा क्रमशः २५–१८ र २५–२१ को जित निकालेपछि खेलको निर्णय पाँचौ सेटबाट लिइएको थियो । अन्तिम सेटमा वडा नम्बर ११ ले १५–११ ले खेल आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।

जितसँगै दुबै बिजेता टोलीले नगद ५० हजार सहित ट्रफि प्राप्त गरेका छन् भने उपविजेता बनेका दुबै टिमले ३० हजार रुपैयाँ प्राप्त गरे । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका महिला र पुरुषतर्फका गरी चारवटै टिमले १०÷१० हजार नगद प्राप्त गरेको प्रतियोगिता संयोजक त्रिबिक्रम रुपाखेतीले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan