Search
Close this search box.

पालिकास्तरीय फुटबल विजेता टिमलाई उपमहानगरको सम्मान

हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा केही समयअघि भएको दोस्रो अन्तरपालिकास्तरीय फुटबल प्रतियोगितामा प्रथम भएको हेटौंडा उपमहानगरपालिकाको टिमलाई उपमहानगरले नगदसहित सम्मान गरेको छ । क्याम्पा रंगशालामा भएको दोश्रो अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगितामा उपमहानगरलाई प्रथम हुन सफल भएकोमा खेलाडी र अफिसियलसहित २३ जनालाई नगदसहित सम्मान गरिएको हो ।

बिहीबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहितले प्रति खेलाडी र अफिसियललाई ६ हजार पाँच सय रुपैयाँसहित खादा लगाएर सम्मान गरेका हुन् ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा मकवानपुर गढी गाउँपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि जितेको थियो । प्रतियोगितामा पालिकालाई उपाधि सहित २ लाख रुपियाँ नगद प्राप्त भएको थियो ।

पुरस्कार बितरण गर्दै उपमहानगरका प्रमुख लामाले खेल जीवनमा थप प्रगतिको शुभकामना दिइन् । उनले खेलकुदको बिकासका लागि उपमहानगर लागिरहेको भन्दै चालु आर्थिक बर्षमै खेलकुदमा ठूलो लगानी गरेको बताइन् । नगरमा खेलकुदको बवकासका लागि मैदान निर्माण, शारीरिक व्यायमका लागि खुल्ला व्यायम केन्द्र सहितको अवधारणा बनाएर उपमहानगर अघि बढेको उनले जानकारी दिइन् ।

नगर खेलकुद बवकास समितिले उपमहानगरको तर्फबाट संयोजन गरेको प्रतियोगितामा सहभागी खेलाडीलाई थपम पुरस्कारको रुपमा करिब ५ हजार बरारबको खेल जुत्ता दिने बताइएको छ । प्रतियोगितामा सहभागी भएर उपमहानगरपालिकालाई प्रथम बनाएकामा सम्पुर्ण खेलाडी तथा अफिसीएललाई नगर खेलकुद बवकास समितिका अध्यक्ष चन्द्र शाहीले धन्यवाद दिएका थिए ।

सम्मान कार्यक्रममा हेटौंडा–१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सबिन न्यौपाने, हेटौंडा– ८ का अध्यक्ष रामकृष्ण थापा, ९ का अध्यक्ष सुकराम केसीको उपस्थिती रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan