Search
Close this search box.

राहत शिक्षकका समस्याबारे अन्तरक्रिया

हेटौँडा– नेपाल राहत शिक्षक समिति मकवानपुरले आफ्ना पेशागत समस्या समाधानबारे मकवानपुरमा रहेका शिक्षकका पेशागत घटक तथा नेपाल शिक्षक महासंघबीच अन्तरक्रिया गरेको छ । शनिबार हेटौँडामा नयाँ वर्षको शुभकामना आदानप्रदानका साथ राहत शिक्षकका समस्या र समाधानका उपायबारे छलफल गरिएको हो ।

राहत शिक्षक समिति मकवानपुरले जिल्ला समन्वय समितिमा पेश गर्न लागेको ध्यानाकर्षणपत्रको विषयमा शिक्षकका पेशागत घटकका प्रतिनिधि र शिक्षक महासंघको ऐक्यवद्धताको लागि अन्तरक्रिया कार्यक्रम गरिएको हो । शिक्षक सेवा आयोगमा उमेरहद हटाई आयोगको परीक्षामा सहभागी हुन पाउनुपर्ने, शिक्षक दरबन्दी मिलान गर्दा राहत शिक्षक समितिको सहमतिमा एक रुपताका साथ गर्नुपर्नेलगायतका मागहरु राहत शिक्षक समितिले राखेको छ ।

राहत शिक्षक समिति मकवानपुरका अध्यक्ष जीवन तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल शिक्षक महासंघ मकवानपुरका सहअध्यक्ष खेमराज लामिछाने, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाई एकीकृत अखिल नेपाल रास्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष बसन्त राई, प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष कुमार रूम्बा, नेपाली राहत शिक्षक समितिका केन्द्रीय सदस्य सन्देश तुम्सिङ नेपाल राहत शिक्षक थाहा नगर निवर्तमान अध्यक्ष केशव सुवदी,राहत शिक्षक राक्सिराङ गाउँपालिका प्रमुख विनोद खत्री, राहत शिक्षक मकवानपुर जिल्ला उपाध्यक्ष रामशरण दाहाल, नेपाल राहत शिक्षक समिति मकवानपुर अध्यक्ष राजेन्द्र चौधरीलगायतले मन्तव्य व्यक्त गरिएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan