Search
Close this search box.

शिक्षामा प्रयाप्त बजेट विनियाेजन गराैँ: वडा अध्यक्ष सिग्देल


हेटाैँडा/हेटाैँडा उपमहानगरपालिकाका ४ नं. वडाका अध्यक्ष नवीन सिग्देलले शिक्षा, स्वास्थ्य , राेजगार साझा र अनिवार्य अधिकार भएकाे बताएका छन् ।

नारी संरक्षण केन्द्रद्वारा अति विपन्न वर्ग तथा सिमान्तकृत समुदायका विध्यार्थीहरूलाई  शैक्षिक सामग्री वितरण कार्यक्रममा बाेल्दै उनले शिक्षामा बजेट विनियाेजन प्रयाप्त हुनुपर्ने र गुणस्तर कायम गर्न स्थानीय सरकारले ध्यानदिन पर्ने बताए । अध्यक्ष सिग्देलले देश र समाज विकासकाे आधार शिक्षा भएकाेले शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने बताउँदै भाैतिक विकासकाे साथै सामाजिक र मानवीय विकासमा ध्यान दिनपर्नेमा जाेड दिए ।

कार्यक्रममा भुटनदेवी, आधुनिक, अमर, बालबाेध, जनप्रिय, प्रगती,ज्याेती, साेलिड्यारिटी, मकवानपुरबाल विध्यासदन माविका  २५ जना विध्यार्थीलाई  शैक्षिक सामग्रीहरू व्याग, ३ दर्जन जिस्ता कपि, क्याल्कुलेटर, पेन्सिल २ दर्जन, पेन २ दर्जन, जाेमेक्टी बकस १ थान, एक दर्जन ईलेर, सफनर, स्केल वितरण गरिएकाे नारी संरक्षण केन्द्रका कार्यक्रम संयाेजक जेराेम घलेले जानकारी दिए ।

कार्यक्रम वालगृह सञ्चालक समितिका सदस्य दीलिप थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा हिम राईट्सकी कार्यक्रम संयाेजक कुमारी वाईवा, काेशिश मकवानपुरकी शकुन्तला पाैडेललगायतकाे उपस्थिति रहेकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan