Search
Close this search box.

विष खुवाएर १२ जना साथीको हत्या गर्ने महिला पक्राउ

एजेन्सी। थाइल्याण्डमा विष खुवाइएर १२ जना साथीको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ परेकी महिलाले आफ्ना १२ जना साथीलाई विष खुवाएर मारेको थाई प्रहरीले दाबी गरेको छ । उनले मारेका मध्ये एकजना पूर्व प्रेमी समेत रहेका छन् ।

प्रहरीले सरत रंग्सिवुतापोर्न नामकी यी महिलालाई मंगलबार बैंककबाट पक्राउ गरेको हो । उनका एक साथी सिरीपोर्न खानभोङको मृत्युपछि सोधपुछपछि महिलालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका महिलाको भूमिकामाथि पीडित परिवारले शंका व्यक्त गरेका छन् । प्रहरीले पैसाका लागि हत्या गरेको आरोप लगाएको छ ।

पक्राउ परेका महिलाको धरौटी निवेदन खारेज भएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan