Search
Close this search box.

डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–५ तिनतल्ले फास्ट्याक नजिक मदन भण्डारी लोकमार्गमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार साँझ ७ः३० बजे हेटौँडाबाट हात्तीसुँडेतर्फ जाँदै गरेको ना ६ ख २९४९ नम्बरको डिजेल लोड ट्याङ्कर अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्याङ्करमा च्यापिएका चालकलाई प्रहरी टोलीले उद्धार गरी बाहिर निकालेको थियो । करिब १० बजे निकालिएका चालक सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ निवासी ४० वर्षीय रमेशकुमार रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan