Search
Close this search box.

इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

एसी मिलानलाई हराउँदै इन्टर मिलान १३ वर्षपछि युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न खेलमा एसीलाई १–० तथा समग्रमा ३–० ले हराउँदै इन्टर १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो । 

पहिलो लेगमा इन्टर २–० ले विजयी भएको थियो । सानसिरोमा भएको दोस्रो लेगमा इन्टरको जितमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले निर्णायक गोल गरे । उनले ७४ औँ मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भए ।   

अब इन्टरले उपाधिका लागि १० जुनमा रियल मड्रिड र म्यानचेस्टर सिटीबीचको विजेताको सामना गर्नेछ । मड्रिड र सिटीबीचको सेमिफाइनलको दोस्रो लेग बुधबार राति हुँदैछ ।  

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan