Search
Close this search box.

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछ । जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा र एन्फा कम्प्लेक्स, सातदोबाटोमा एक खेल हुँदैछ ।

रङ्गशालामा हुने पहिलो खेलमा खुमलटार र त्रिभुवन आर्मी क्लब एक आपसमा भिड्नेछन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुन्छ ।

यसैगरी दोस्रो खेलमा चर्च ब्वाईज र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

यता, एन्फा कम्प्लेक्स सातदोवाटोमा दिउँसो ३ बजेबाट सुरु हुने भनिएको एक मात्र खेलमा भने हिमालय शेर्पा र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan