Search
Close this search box.

हेटौंडा-१० का १९ होटलमा बालश्रम शून्य

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० का १९ वटा होटल तथा रेष्टुरेन्टमा गरिएको अनुगमनका क्रममा बालश्रम प्रयोग नभएको पाइएको छ।
बाल हेल्पलाइन सिविनको आयोजनामा सोमबार गरिएको अनुगमनका क्रममा श्याम होटल, गण्डकी गेष्ट हाउस, मन रेष्टुरेन्ट, धादिङ होटल, धादिङ होटल लज, हिमालय होटल एण्ड लज, न्यू धादिङ होटल एण्ड लज, सेन्टर प्वाइन्ट रेष्टुरेन्ट एण्ड लज, चणिका न्यू स्टाफ, होटल रोशन एण्ड लज, याङला गोर्खा होटल एण्ड लज, मनोरम होटल एण्ड लज, सागर होटल, बब्लु खाजा घर, फुलबारी गेष्ट हाउस, लक्ष्मी होटल एण्ड फेमली गेष्ट हाउस, छोटो थकाली रेष्टुरेन्ट, डाँफे होटल, ट्रावल लज र बज्रबाराही होटलमा अनुगमन गरिएको थियो।
बाल हेल्पलाइन सिविनका प्रबन्धक झविन्द्र ज्ञवालीका अनुसार बालश्रमको अवस्था बुझ्न तीन–तीन महिनाको अन्तरालमा नियमित अनुगमन हुँदै आएको छ। सोही क्रममा सोमबार हेटौंडा–१० का होटल तथा रेष्टुरेन्टमा अनुगमन गरिएको हो।
अनुगमन टोलीमा सिविनका प्रबन्धक ज्ञवाली, जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायब सुब्बा दीपक पौडेल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजेश कुमार बर्तौला, हेटौंडा उपमहानगरपालिकाकी बालकल्याण अधिकारी बिना थिङ, श्रम तथा रोजगार कार्यालयकी प्रतिनिधि शर्मिला राई, हेटौंडा उपमहानगरपालिका महिला बालबालिका महाशाखाकी भगवती रिमाललगायत सञ्चारकर्मीको सहभागिता थियो।
सिविनले यसअघि गरेको अनुगमनका क्रममा जरिवाना तिरेपछि व्यवसायीहरू सचेत बनेको र बालश्रम नराखेको एक व्यवसायीले जानकारी दिएका थिए। अनुगमन टोलीले बालश्रम अन्त्यका लागि व्यवसायीलाई निरन्तर सचेत गराउँदै आएको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan