Search
Close this search box.

फुटबलका क्रममा भागदौड, कम्तीमा ९ समर्थकको मृत्यु

मध्य अमेरिकाको एल सल्भाडोरमा एक फुटबल खेलका क्रममा भागदौड हुँदा कम्तीमा नौजनाको ज्यान गएको छ।

समाचार अनुसार एल सल्भाडोरका स्थानीय टिम एलियान्जा र एफएएसबीच खेलका क्रममा भागदौड मच्चिएको हो।
यी टिमको खेल हेर्न गेटमा हजारौँ मानिसको भिड लागेको थियो। एलियान्जा र एफएएस मध्य अमेरिकी देशका सबैभन्दा लोकप्रिय स्थानीय क्लब हुन्।

केही समर्थक जबरजस्ती गेटबाट स्टेडियममा छिर्न खोजेका थिए। त्यहीक्रममा भगदौड मच्चिएको हो। पुलिसका अनुसार यो घटनामा कयौँ मानिस घाइते भएका छन्। जसमा दुईजनाको अवस्था गम्भी छ।

अमेरिकाको नेशनल सिभिल पुलिसले ट्विटरमा पोस्ट गर्दै ९ जना मारिएको पुष्टि गरेको छ। सुरक्षा एजेन्सीका अनुसार २ जनाको अवस्था गम्भीर छ। कयौँ घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ।
सल्भाडोरका स्वास्थ्यमन्त्री फ्रान्सिस्को अलबीका अनुसार स्टेडियमबाहिर आपातकालीन टोली तैनाथ गरेर घाइेतलाई अस्पताल लगिएको छ।

यसअघि सन् २०१७ मा सेनेगलमा पनि फुटबल खेलका क्रममा भागदौड हुँदा ८ जना मारिएका थिए।

सन् २०१७ मा सेनेगलको डकारमा फुटबल लिग कपको फाइनलका क्रममा स्टेडियममा भगदौड मच्चिँदा ८ जनाको ज्यान जानुका साथै ६० जना घाइते भएका थिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan