Search
Close this search box.

प्रदेश खेलकुद प्रतियोगिताको मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

हेटौंडा – बागमती प्रदेशको दोस्रो प्रदेश खेलकुद प्रतियोगिताको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका छन् ।

आइतबार साँझ हेटौंडा-५ पिप्ले क्याम्पा रंगशालामा हजारौंको संख्यामा खेलाडी तथा खेलप्रेमीहरुको उपस्थितीमा उनले प्रतियोगिताको विधिवत् रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले ओलम्पियन खेलाडीहरुलाई ओलम्पियसन टर्च बालेर हस्तान्तरण गरेका थिए । टर्च बालेर ओलम्पियन खेलाडीहरु खेल मैदान परिक्रममा गरेका थिए । कार्यक्रममा चर्चित गायिका रचना रिमाल, बाल गायक जेनिस उप्रेती लगायत कलाकारहरुको सांगितिक प्रस्तुती समेत गरेका थिए ।

प्रतियोगिताको उसु, जुडो खेल काठमाण्डौमा हुनेछ भने पौडी खेल ललितपुरमा र क्रिकेट खेल चितवनमा हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताए । प्रतियोगिताका फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कँराते, बक्सिङ, रग्वी, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो खेलहरु भने हेटौंडाका विभिन्न खेल मैदानमा हुने जनाइएको छ । 

प्रतियोगितामा विभिन्न बिधाका एक हजार ७५ महिला, एक हजार ४ सय २७ पुरुष खेलाडीहरुको सहभागीता रहने छन् भने १ सय ७३ जना प्रशिक्षक एक सय ४२ जना व्यवस्थापक, दुई सय ७६ जना निर्णायकको सहभागीता रहेको छ ।  सम्पूर्ण खेल आयोजना गर्न सरकारले करिब नौ करोड ४२ लाख रुपैयाँ खर्च गर्न लागेको हो । 

सामाजिक विकास मन्त्री कुमारी मोक्तानको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुखहरु, ओलम्पियन खेलाडी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको आतिथ्यता रहेको थियो । उद्घाटन पूर्व विभिन्न झाँकी सहित मार्चपास गरिएको थियो भने प्रहरीले स्वागत नृत्य प्रस्तुत गरेका थिए । 

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

प्रदेश खेलकुद प्रतियोगिताको मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

प्रदेश खेलकुद प्रतियोगिताको मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

प्रदेश खेलकुद प्रतियोगिताको मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

प्रदेश खेलकुद प्रतियोगिताको मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

प्रदेश खेलकुद प्रतियोगिताको मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

प्रदेश खेलकुद प्रतियोगिताको मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

प्रदेश खेलकुद प्रतियोगिताको मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

प्रदेश खेलकुद प्रतियोगिताको मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan