Search
Close this search box.

चार सन्तान हत्या आरोपमा २० वर्ष जेल बसेकी महिला निर्दोष प्रमाणित

अष्ट्रेलियामा ‘अहिलेसम्मकै सबैभन्दा खराब सिरियल किलर’ भनिएकी महिलाले आफ्ना चार सन्तानको हत्या नगरेको नयाँ प्रमाणहरूबाट पुष्टि भएपछि रिहा भएकी छन्। काथ्लिन फोल्बिग नामकी ती महिलाले २० वर्ष जेलमा बिताइन्।

उनले एक दशकबीचमा आफ्ना चार सन्तान कलेब, प्याट्रिक, साराह र लाउराको हत्या गरेको त्यहाँको अदालतको ठहर थियो। तर, पछिल्लो अनुसन्धानमा ती बालबालिकाको प्राकृतिक रूपमा मृत्यु भएको पुष्टि भएको छ। ५५ वर्षीय फोल्बिगको यो मुद्दालाई अष्ट्रेलियामा न्यायको सबैभन्दा ठूलो पतनका रूपमा हेरिएको छ।

फोल्बिगले आफूलाई सधैँ निर्दोष बताउने गरेकी थिइन्। तर, उनलाई सन् २००३ मा २५ वर्षका लागि जेल पठाइएको थियो। उनका बच्चाको मृत्यु १९८९ देखि १९९९ को बीचमा भएको थियो र ती १९ दिनका देखि १९ महिनाका थिए।

सन् २०१९ मा गरिएको छुट्टै सोधपुछमा उनीमाथि शंका गर्नुपर्ने उचित आधार र कारण फेला नपरेपछि परिस्थितिजन्य प्रमाणलाई महत्त्व दिइएको थियो। तर, सेवा निवृत्त न्यायाधीश टोम बाथुर्स्टको नेतृत्वमा भएको टोलीले नयाँ अनुसन्धानमा पत्ता लगाइएको जिन उत्परिवर्तनको कारणबाट मृत्यु भएको विषयलाई स्वीकार गरेको थियो।

न्यु साउथ वेल्स महान्यायाधिवक्ता माइकल डिलेले सामेबार घोषणा गरेका छन् कि, बाथुर्स्ट निष्कर्षमा पुग्नुको पछाडि उनी प्रत्येक घटनामा दोषी हुन् भन्ने कारणसहितको आशंका थियो। त्यसैले न्यु साउथ वेल्स सरकारले तत्कालै उनलाई रिहा गर्न आदेश दिएको पनि डिलेले बताएका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan