Search
Close this search box.

गिनीमा डुंगा डुब्दा सात छात्राको मृत्यु

कोनाक्री। गिनीमा सोमबार डुंगा डुब्दा कम्तीमा सात छात्राको मृत्यु भएको छ।

पश्चिम अफ्रिकाको गिनीको उत्तरपूर्वमा रहेको नाइजर नदी तरेर सोमबारदेखि सुरु हुने उच्च विद्यालयप्रवेश परीक्षाका लागि ती छात्राहरू सहभागी भएपछि घर फर्कने क्रममा उनीहरुको मृत्यु भएको थियो।

“सात जना विद्यार्थीले ज्यान गुमाएको खबरले हामी स्तब्ध भएका छौं,” साक्षरता तथा पूर्व–विश्वविद्यालय शिक्षा मन्त्री गुइलाम हाउइङले परीक्षा अवधि सुरु गर्न यस क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूसँग भने।

मृत्यु हुनेमा उनकी सौतेनी बहिनी पनि रहेको सुरक्षा अधिकारी मामादी केइटाले एएफपीलाई बताए। छात्राहरू विद्यालयको सातौं कक्षामा प्रवेश परीक्षाकोे लागि नाइजर नदी पारी गएका थिए।

घटनामा अन्य व्यक्ति पनि हताहत भएको सूचनाका आधारमा उनीहरूको खोजी कार्य जारी राखिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan