Search
Close this search box.

कोरियामा प्रदर्शन हुँदै फिल्म ‘नीरफूल’

गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म नीरफूल दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ।

दक्षिण कोरियाको प्रदर्शन अधिकार धनजित वाइबाको समूहले किनेका हुन्। बिहीबार दुवै पक्षबीच प्रदर्शन अधिकार सम्झौता भएको फिल्मका निर्देशक फूलमान वलले बताए।

फिल्ममा भुकम्पपछि उद्धार गरेर काठमाडौं ल्याएकी एक बालिकालाई बेपत्ता पारिएको कथा समेटिएको छ।

फूलमान वलले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायत कलाकारको अभिनय छ। फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन्।

धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसी र काठमाडौंमा खिचिएको फिल्ममा अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ।

प्रमोद कार्कीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan