Search
Close this search box.

कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द

मकवानपुर । बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौं जोड्ने कान्ति राजमार्गमा दुई दिन रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कात्तिक १३ र १४ गते साँझ ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म राजमार्गमा रात्रिकालीन सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले बिहीबारदेखि मकवानपुरमा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम बढेपछि सम्भावित दुर्घटना र मानवीय क्षति न्यूनीकरणका लागि सवारी आवागमन रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिनुभयो ।
उहाँले तोकिएको समयमा कान्ति राजमार्ग भएर यात्रा नगर्न आग्रह गर्दै यात्रा गर्नुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan