Search
Close this search box.

नवल खड्काको फिल्म ‘काँडेतार’ फागुन २५ गतेदेखि प्रदर्शन हुने

राष्ट्रवादी धारमा निर्माण गरिएको फिल्म काँडेतार को प्रदर्शन मिति घोषणा गरिएको छ।

अभिनेता तथा निर्देशक नवल खड्काको जन्मदिनको अवसर पारेर फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ।

सामना फिल्म्स प्रालि ब्यानरमा निर्माण गरिएको फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरूङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, नादिया खड्का, सनया खड्कालगायत कलाकारको अभिनय रहेको छ। फिल्मको कथा निर्देशक खड्काले तयार पारेका हुन्।

संगीतकार मणि थापा र दिपक शर्माको संगीत रहेको काँडेतारमा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको छ।

नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan