Search
Close this search box.

जनज्योति माविमा भित्तेपत्रिका लेखन तालिम

मयुरधाप, ८ असार/ हेटौंडा १४ मयुरधापमा रहेको जनज्योति माध्यमिक विद्यालयमा भित्तेपत्रिका प्रकाशन तालिम सम्पन्न भएको छ । शुक्रबार विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विशाल अधिकारीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।

पत्रकार केशव समर्पणले सहभागी विद्यार्थीलाई भित्तेपत्रिका लेखनसम्बन्धी तालिम प्रदान गरेका थिए । तालिममा विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्मका करिब ३० जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यालयका विद्यार्थीको सहक्रियाकलापमा सहयोग गर्ने उद्देश्यले विद्यालयले तालिमको आयोजना गरेको अतिरिक्त क्रियाकलाप संयोजक विशाल अधिकारीले बताए । तालिम उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोगेन्द्र लुईटेल, सहायक प्रधानाध्यापक हरिप्रसाद पौड्याल, शिक्षक रामहरि कार्की, ईन्द्र अधिकारी, धनलाल विक, रामहरि चौलागाईलगायतको उपस्थिति रहेको थियो ।

तालिमसँगै विद्यार्थीहरुको भित्तेपत्रिका प्रकाशन समूहसमेत गठन गरी शुक्रबारबाटै भित्तेपत्रिका प्रकाशन सुरु गरिएको छ । विद्यार्थीले आगामी महिनादेखि मासिक रुपमा भित्तेपत्रिका प्रकाशन गर्ने योजना बनाएका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan