Search
Close this search box.

उत्साहजनक पालुङ–आग्रा पदयात्रा

राज कुमार के. सि .

मकवानपुर – थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि पालुङ–आग्रा मनसुन पदयात्रा उत्साहजनक रुपामा सम्पन्न भएको छ ।पदयात्रामा काठमाण्डौंका ४० जना र थाहा नगरका २० जना समेत ६० जनाको सहभागिता रहेको थियो ।

खुल्ला आकास कतै कतै बादलका फुर्काहरु, तल देखने हरियाली फाँट र जंगल, जंगलमा चिरबिर चराचुरुङ्गीका आवाज, शितल मनोरम बातावरणमा पदयात्रा गर्दा निकै रमाईले अनुभव भएको पदयात्राको स्थानीय ब्यवस्थापक तथा फोटो पत्रकार गणेश बिष्टले बताए ।
ह्याप्पी हाईकर्स काठमाण्डौंका गोपाल पन्तले प्राकृतिक सौन्दर्य सहित यस पदमार्ग क्षेत्रका धार्मिक यात्रा गर्दा अत्यन्तै रमाईलो भएको बताए । उनले एक पटक पैदल यात्राको लागि यो मार्ग छुटाउनै नहुने बताए ।
करिब ४ घण्टाको पैदल यात्रामा प्राकृतिक सौन्दर्यतासंगको सामिप्यता, जैबिक बिविधताको अध्ययन, भौगोलक बिविधताको अध्ययन, यहाँको सांस्कृतिक अध्ययन गर्नसकिने स्थानीय युवा माधव कार्कीले बताए ।
पदयात्रीहरुलाई थाहा नगरपालिका वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको स्वागत सहित रुपचन्द्र बिष्टको शालिक स्थल बिकास घर प्राङ्गणबाट सुरु भएको पदयात्रा थाहा ३ को गोरखनाथ धाम, पाण्डुकेश्वर मन्दिर, थाहा ३ मा रहेको भकारी ढुँगा, केशरी भञ्ज्याङ, थाहा ७ को मान्द्रो गुफा, उनिउ चौर हुँदै थाहा ७ डाडाबासमा पुगेर समापन भएको थियो ।
पदयात्रीहरुलाई गोरखनाथ धाम ब्यवस्थापन समिति, थाहा नगरपालिका वडा नं. २ कार्यालय, पाण्डुकेश्वर क्षेत्रबिकास समिति, डाँडाघरे बाको होमस्टमा खाना सहित, थाहा ७ को वडा कार्यालयले ढ्याङग्रो बाजा सहित उनिउ चौरमा र डाडाबासमा हिमशिखर बचत तथा ऋण सहकारी संस्थाले बिशेष स्वागत गरेका थिए ।
पदयात्राको लागि थाहा नगरपालिकाका युवा फोटो पत्रकार गणेश बिष्ट, माधव कार्की, यादवजंग रायमाझी, केशर थिङ लगायतले समन्वय गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

उत्साहजनक पालुङ–आग्रा पदयात्रा

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

उत्साहजनक पालुङ–आग्रा पदयात्रा

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

उत्साहजनक पालुङ–आग्रा पदयात्रा

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

उत्साहजनक पालुङ–आग्रा पदयात्रा

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

उत्साहजनक पालुङ–आग्रा पदयात्रा

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

उत्साहजनक पालुङ–आग्रा पदयात्रा

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

उत्साहजनक पालुङ–आग्रा पदयात्रा

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

उत्साहजनक पालुङ–आग्रा पदयात्रा

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan