Search
Close this search box.

नेपाल पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित

एसीसी इमर्जिङ टीम्स कपको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको छ।

नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। पाकिस्तानका लागि मोहम्मद तय्यब तहिरले ५१, ओमिर बिन युसुफले ३६, कम्रान गुलामले ३० र सैम अयुबले २४ रन बनाए।

नेपालका लागि ललित राजवंशीले तीन, पवन सर्राफले दुई र कुशल मल्लले एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपालले ३७ ओभरमा १७९ रन बनाएको हो। नेपालका लागि सोमपाल कामीले ७५ रन बनाए। उनले १०१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे।

त्यस्तै, नेपालका लागि प्रतिश जीसीले २६, कुशल मल्ल र अर्जुन साउदले १७ – १७, गुल्सन झाले १३ र आसिफ शेखले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

पाकिस्तान ‘ए’ का लागि शहनावाज दहानीले पाँच, मोहम्मद वासिमले चार र मुबासिर खानले एक विकेट लिए।

एसीसी इमर्जिङ टीम्स कपमा आठ टोली प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल रहेको समूह ‘बी’ मा पाकिस्तानसँगै भारत र यूएई छन्।

त्यस्तै, समूह ‘ए’ मा अफगानिस्तान, श्रीलंका, बाङ्लादेश र ओमन छन्। नेपाल बाहेक सातै देशका दोस्रो टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

नेपालले अर्को खेलमा साउन १ गते भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan