Search
Close this search box.

गायक कमल के क्षेत्रीको “माया माया” म्यूजिक भिडियो सार्वजनिक


हेटौंडा – चर्चित नेपाली पप गायक कमल के क्षेत्रीको आवाजमा रहेको “माया माया” बोलको म्यूजिक भिडियो आज सार्वजनिक भएको छ । म्यूजिक भिडियो कमल के क्षेत्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीत,संगीत र स्वर कमल के क्षेत्री र संगीत प्रबन्धक शैलेन्द्र एम प्रधान (बाबो) को रहेको म्यूजिक भिडियो ७ मिनेट ५३ सेकेन्डको छ । करण जिग्मे मगर र एलिशा पुन मगरको अभिनय रहेको म्यूजिक भिडियो पर्यटकीय क्षेत्र पोखरामा छायाँङकन गरिएको हो ।

यसअघि कमल के क्षेत्रीले “आई लभ यु ‘नाचन’, ‘तिम्रै मायाँले’, ‘पिपल पाते’, ‘मेरो माया’, मन जस्ता चर्चित गीत बजारमा ल्याइसकेका छन् । उनी नेपाली गायक, संगीतकार र गीतकार हुन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan