Search
Close this search box.

महिला विश्वकप फुटबलको उद्घाटन खेल न्युजिल्यान्डले जित्यो

 महिला विश्वकप फुटबल प्रतियोगिताको बिहीबार भएको उद्घाटन खेलमा न्युजिल्यान्डले जित हासिल गरेको छ । न्युजिल्यान्डले नर्वेलाई १—० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

महिला विश्वकपको नवौं संस्करण न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको हो । अकल्यान्डमा खेलिएको उद्घाटन खेलमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४८ औं मिनेटमा न्युजिल्यान्डका लागि हनाह विलकिन्सनले निर्णायक गोल गरेकी थिइन् ।

महिला विश्वकपको नवौं संस्करणमा पहिलो पटक ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो महिला विश्वकपमा २४ वटा राष्ट्रले भाग लिएका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan