काठमाडाैं- प्राथमिक तह तृतीय श्रेणी शिक्षकको परीक्षाको आगामी असोजका लागि निर्धारित मिति सरेको छ ।
आगामी असोज ६ गते सञ्चालन गर्न तोकिएको प्राथमिक तहको खुल्ला प्रतियोगिता परीक्षा असोज १३ गते गर्ने शिक्षक सेवा आयोगले जनाएको हो । लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षाको मितिसँग शिक्षक सेवा आयोगको परीक्षा जुधेपछि परीक्षा सारिएको आयोगले जनाएको छ । असोज ६ गते परीक्षा गर्नका निम्ति गत असार १ गते आयोगले सूचना प्रकाशित गरेको थियो ।
परीक्षा सम्बन्धी अन्य व्यवस्था पूर्व सूचना अनुसार नै हुने भन्दै परीक्षा मिति सरे पनि परीक्षा केन्द्र र समय यस अघि तोकएकै स्थान र समयमा हुने आयोगले जनाएको छ
केही प्रतिक्रिया छ कि ?

