Search
Close this search box.

कविता: आधा| उत्सव चौलागाई

उत्सव चौलागाई

आधा सपनाहरू पनि
प्रिय हुँदा रहेछन्
सुन्दर हुँदा रहेछन्
जस्तो कि,
पहिलोपटक तिम्रो ओठबाट
खसेको प्रेमिल आधा मुस्कान
जीवनको किनारा हुँदै बिलिन भएको
हाम्रो आधा प्रेम सम्बन्ध ।

आधा मुस्कुराइरहेको जून
घामपानीमा मिसिएको
आधा घाम र आधा पानी
सप्तरङ्गी इन्द्रेणीको आधा रङ
अनि आधा अनुहार देखाएर
मुसुक्क हाँसेको अर्धकदको हिमाल ।

तिमीसँगै हिँडेको आधा बाटो
मजदुरको हातले समाएको आधा टुक्रो रोटी
तिम्रो हात र मेरो हातले
आधाआधा बनाएको मुटु ।

मलाई यहि आधा प्रिय लागिरहेछ ।

आधा हुनुको सुन्दरता
आधा घुम्टो उघारेर
आफ्नो मान्छेलाई लजाउँदै
आधा हेर्नु पनि त हो ।

कुनै यात्रामा भेटिएको
सुन्दर मानिसको आधा स्मृति
सयौँ पटक सुनिरहे पनि
मस्तिष्कभरि गुञ्जिरहने आधा सङ्गीत ।

केटाकेटीले लेख्दै गरेको आधा अक्षर ।

मलाई अत्यधिक प्रिय लागिरहेछ
यहि आधाहरू
त्यसमाथि तिमी पनि मेरो आधा छौ ।

मलाई तिमीबिना सिङ्गो बन्नु छैन अर्थहीन ।

प्रिय !
तिमी कतिञ्जेल सिङ्गो बाँचेको भ्रम पाल्छौ ?

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

कविता: आधा| उत्सव चौलागाई

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

कविता: आधा| उत्सव चौलागाई

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

कविता: आधा| उत्सव चौलागाई

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

कविता: आधा| उत्सव चौलागाई

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

कविता: आधा| उत्सव चौलागाई

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

कविता: आधा| उत्सव चौलागाई

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

कविता: आधा| उत्सव चौलागाई

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

कविता: आधा| उत्सव चौलागाई

मकवानपुरका पूर्वाधार योजनामा पुन गति, मन्त्री देवकोटाद्वारा अनुगमन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan