Search
Close this search box.

दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता बाँडेको छ । मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम बाँडेको हो । जेठमा ३५ लाख र असारमा २ करोड ४० लाख ५० हजार रुपैयाँ बाँडेको छ ।

पछिल्लो दुई महिनामा सबैभन्दा धेरै आर्थिक सहायता लिनेमा राष्ट्रपति रामचन्द्र पौडेल छन् । राष्ट्रपतिलाई सरकारले ५५ लाख २ हजार २७९ दिएको छ । सरकारले परराष्ट्र मन्त्रालयको आग्रहमा असारको मन्त्रिपरिषद्को निर्णयबाट सो रकम राष्ट्रपतिलाई दिएको हो । 

राष्ट्रपतिले सबैभन्दा बढी सहायता रकम प्राप्त गर्दा सबैभन्दा कम पाउनेमा भने काठमाडौँको धर्मकीर्ति विहारकी गुरुमा धम्मावती शाक्य छिन् । उनलाई ६५ हजार ६७२ रुपैयाँ दिइएको छ । कसैलाई धेरै कसैलाई थोरै गरेर गत दुई महिनाभित्र आर्थिक सहायता पाउने ७० जना छन् । सरकारले गत वर्षको साउनदेखि माघ मसान्तसम्म १३९ जनालाई आर्थिक सहायता स्वरूप ५ करोड ४६ लाख ३४ हजार रुपैयाँ वितरण गरिसकेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan