Search
Close this search box.

कारखाना समुहको खेल्दै सिक्दै कार्यक्रम

हेटौंडा साउन २५ – शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन काठमाण्डौको कारखाना समूहले हेटौंडा उपमहानगरमा कार्यक्रम शुरु गरेको छ । हेटौंडा १६ को जनप्रिय माविमा शिक्षकहरुलाई ३ दिनसम्म यस्तो कार्यशालाको सहजीकरण हुने कारखानाका निर्देशक हसिन शाक्य ले बताउनुभयो ।

समूहले हेटौंडा उपमहानगरपालिकाका सामुदायिक र संस्थागत गरि १० वटा बिद्यालयका २० जना शिक्षकहरुका लागि ३ दिने खेल्दै सिक्दै कार्यशाला सुरु गरेको छ । शिक्षण सिकाइमा प्रभावकारिता ल्याउन र सिकाइको गुणस्तर अभिबृद्धिका लागि समुहले देशका विभिन्न जिल्लामा काम गरिसकेको छ ।

जनप्रिय माध्यमिक बिद्यालयको सभाहलमा शुरु भएको कार्यक्रमलाई प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले स्वागत गर्दै सिकेका ज्ञान र सिपलाई शिक्षण सिकाईमा प्रयोग गर्न सुझाव समेत दिनुभएको थियो । कार्यशालाको सहजीकरण कारखाना समुहका निर्देशक हसिन शाक्य कार्यक्रम संयोजक साङ्देन घिसिङले गर्नेछन् । समूहकीआकाङ्क्षा श्रेष्ठ सफलता लोहारसहित व्यवस्थापन गरिएको कार्याशालामा जनप्रिय मावि हटिया, बंशगोपाल मावी चौघडा, चन्द्रोदय मावि लगायतका शिक्षकहरुको सहभागिता रहेको जनप्रिय माविका शिक्षक युक्त लाल बिश्वकर्माले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan