Search
Close this search box.

१४ अंक बढ्यो सेयर बजार

सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ३.९१ अंकले बढेर ३९८.०७ विन्दुमा पुगेको छ। यसदिन २७१ कम्पनीको ९७ लाख १८ हजार ७५४ कित्ता सेयर ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँमा खरिदबिक्री भयो।

आज दुई कम्पनीको मुल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। थ्री स्टार हाइड्रोपावरको १० र अपर स्यांगी हाइड्रोपावरको ९.९८ प्रतिशतले मूल्य बढेको हो।

यसैगरी माउन्टेन इनर्जी नेपालको ९.७४ प्रतिशतले सेयर मूल्य बढ्यो। आज घोराही सिमेन्ट इन्डस्ट्रीको सेयर मूल्य ९.९९ प्रतिशतले घट्यो। आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबारमा आएको घोराही सिमेन्टको मूल्य पहिलो दिनमै ओरालो लागेको हो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ४ बाहेक अन्य सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। फाइनान्स,मनु एन्ड प्रो,माइक्रोफाइनान्स र अदर्श उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

यसदिन १०० कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो। पाँच कम्पनीको मूल्य भने स्थिर रह्यो।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

१४ अंक बढ्यो सेयर बजार

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

१४ अंक बढ्यो सेयर बजार

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

१४ अंक बढ्यो सेयर बजार

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

१४ अंक बढ्यो सेयर बजार

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

१४ अंक बढ्यो सेयर बजार

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

१४ अंक बढ्यो सेयर बजार

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

१४ अंक बढ्यो सेयर बजार

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

१४ अंक बढ्यो सेयर बजार

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan