Search
Close this search box.

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

हेटौँडा–आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको बागमती प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर निर्माण गरी हस्तान्तरण गर्ने भएको छ । सोमबारको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई केन्द्रमा राखेर आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

मुख्यमन्त्री विपन्न आवास कार्यक्रमआर्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न एक हजार परिवारलाई परिवारलाई घर बनाइदिन २० करोड रुपैयाँ छुट्याइएको छ । एकीकृत प्रशासनिक भवन प्रदेशसभा भवन तथा आवास निर्माणका लागि ५६ करोड ५० लाख रुपैयाँ छुट्याएको छ भने सडक तथा पुलको नियमित मर्मतको लागि ४४ करोड विनियोजन गरिएको छ । वैदेशिक रोजगारीबाट फर्किएर व्यवसाय गर्न चाहनेहरुलाई कर्जामा ब्याज अनुदान दिनको लागि २० करोड रुपैयाँ छुट्याइएको मन्त्री प्रभात तामाङले बताए ।

प्रदेश सरकारले आगामी वर्ष काठमाडौंमा मेट्रो रेलदेखि भीमफेदी कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बनाएको छ । उपत्यकाको बढ्दो शहरी चाप र सवारी आवागमनको सहजताका लागि संघीय सरकारसँगको सहकार्यमा मेट्रो रेल सञ्चालन सम्भाव्यता अध्ययनका लागि र भीमफेदी–कुलेखानी सुरुङ मार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गरेको मन्त्री तामाङले बताए ।

सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबैभन्दा धेरै २५ अर्ब बढी विनियोजन गरेको छ । भौतिक मन्त्रालयमार्फत कार्यान्वयन गर्न २५ अर्ब ६० करोड ८ लाख ४८ हजार बजेट छुट्याइएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan