Search
Close this search box.

७७ वटै जिल्लाका समन्वय ईकाईमा शिक्षक महासंघको धर्ना

सरकारले जारी गर्न लागेको प्रस्तावित विद्यालय शिक्षा ऐनको विरुद्धमा आज देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना कार्यक्रम सम्पन्न भएको शिक्षक महासंघ राष्ट्रिय समितिले जनाएको छ । शिक्षा ऐन २०२८ भन्दा पनि निकृष्ठ शैलीमा शिक्षकहरुलाई प्रस्तुत गर्न खोजिएको र आफूहरुसंग भएको संझौता बिपरित ऐन जारी गर्न भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघ केन्द्रिय अध्यक्ष कमला तुलाधरले बताईन ।

आन्दोलनले प्रथम चरणमा देशभरका शिक्षक कर्मचारीलाई २८ गते आ-आफ्नो पालिकामा उपस्थित भई ३ घण्टा अर्थात ११ बजेदेखि २ बजेसम्म धर्ना दिने कार्यक्रममा सहभागी गराएको थियो । यसैक्रममा आन्दोलनलाई दबाउन मकवानपुरको हेटौंडा उपमहानगरमा भने स्थानीय प्रशासनलाई लगाएर शिक्षकमाथि बल प्रयोग गरेको शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan