फोटो प्रदर्शनीमा थाहाका बिष्टले खिचेको फोटो

राज कुमार के.सी.
थाहा नगर, ०२ भाद्र – १८४ औं बिश्व फोटोग्राफी दिवस २०२३ को अवसरमा काठमाण्डौंको बसन्तपुरमा शनिबार आयोजित तस्बिरमा बालबालिका फोटो प्रदर्शनीमा थाहा नगरपालिकाका युवा फोटोग्राफर गणेश बिष्टले खिचेका तस्बिर पनि राखिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसर पारेर खेल, मनोरञ्जन र काममा खुशीका साथ सहभागी भएका बालबालिकाहरूलाई थप उत्साही बनाउने उद्देश्यका साथ सो प्रदर्शनी गरिएको आयोजकले जनाएको छ।

उक्त फोटो प्रदर्शनीमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका सदस्य समेत रहेका बिष्टको एकपाङ्ग्रे ठेलामा दुईजना बालबालिकालाई राखेर एकजना बालकले गुडाएको रमाईलो फोटो प्रदर्शनीमा राखिएको हो ।

बालबालिकाहरुमा खुशीयाली ल्याउन प्रदर्शनी आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

‘बालबालिकाहरू घुम्न आउने, खेल्न आउने यस ठाउँमा विभिन्न जिल्लाका बालबालिकाहरुको क्रियाकलापहरू समेटिएको फोटो प्रर्दशन गरिएको हो। यसले बालबालिकाहरूमा खुशीयाली ल्याउन पनि मद्दत गर्दछ ।’- वन्तले बताए ।

सिविन नेपालको समन्वयमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आयोजना गरेको प्रदर्शनीमा २५ जना फोटोग्राफरहरुले बिभिन्न जिल्लामा खिचेका बालबालिकाहरुले खुशीका साथ गरेका क्रियाकलापहरुका समावेश गरिएको ६० वटा तस्बिर राखिएको कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनीमा बाल अधिकारको संरक्षण र प्रवद्र्धनका सन्दर्भमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने तस्बिरहरु राखिएको थियो ।

फोटो प्रदर्शनीले बाल अधिकारका क्षेत्रमा भएका आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण सहयोग पुगेको सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले बताए ।

“बालबालिका राष्ट्रका गौरव हुन्” भन्ने मूल नारा सहित शुरु भएको प्रदर्शनीको करिव ३ हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

हेटौंडा - हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना गर्दा बिना बिज्ञापन भर्ना गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेक...