Search
Close this search box.

जनप्रिय माविमा क्रियशन क्याम्प सम्पन्न

जनप्रिय मावि हेटौंडा १६ हटिया चिसापानीमा ११ दिने क्रियशन क्यfम्प सम्पन्न भएको छ । वर्षे विदाको अवशर पारी विद्यार्थीको सहक्रियाकलापमा जोड दिन थालनी गरिएको क्रियशन क्याम्पको शुक्रबार समापन गरिएको प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बताएका हुन् ।

कार्यकक्रममा उद्घोषण, साहित्य लेखन, खेलकुद, योग, नृत्य लगायतका विभिन्न विधामा प्रशिक्षणात्मक तालिमहरु सञ्चालन गरिएको थियो । जसमा उद्घोण तालिमका लागि प्रशिक्षक रुपक कालिराज, मुक्तक प्रशिक्षणका लागि विश्वनाथ सञ्जेल, कविता प्रशिक्षणका लागि दिपक गौतम, कथा प्रशिक्षणका लागि सुनिल गौतम, रविन श्रेष्ठ, नीर बहादुर खड्का, त्यसैगरी खेलकुदका लागि शिवहरि राई, योग प्रशिक्षणका लागि युक्तलाल विश्वकर्मा र घनश्याम ढकाल, नृत्य प्रशिक्षणका लागि अम्वर गुरुङ्ग, हस्तलिखित पुस्तक लेखन तथा प्रकाशन लागि नवोदय शिशु सदनका प्रशिक्षक टोलि लगायतकाले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

उद्घोषण तालिम लिएका विद्यार्थी द्वय कृतिका बराल र प्रख्यातमान लो ले सञ्चालन गरेको समापन कार्यक्रममा विद्यार्थीले तालिममा सिकेका विधाहरुमा प्रस्तुती समेत दिएका थिए । जसमा आफ्ना अभिभावकहरु समेतको उपस्थितिमा विद्यार्थीहरुले हस्तलिखित पुस्तकको बिमोचन समेत गरेका थिए । बिमोचन गर्दा तालिममा सिकेका सबै विधाहरुको प्रतिनिधी प्रस्तुती समेत समेटिएको जनप्रिय सञ्चार विभाग संयोजक सुनिल गौतमले जानकारी दिए । बिमोचन कार्यक्रममा बोल्दै प्रशिक्षक दीपक गौतमले मकवानपुर जिल्लामा सामुदायीक विद्यालयमा यस्तो अभ्यास आफूले पहिलोपटक देखेको र यो शैक्षिक गुणस्तरको एक नमूना कार्यक्रम समेत भएको धारणा व्यक्त गरेका हुन्

जनप्रिय बाल क्लव र विद्यालयको संयुक्त आयोजना र संयोजनमा सम्पन्न कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडाको प्रमूख आतिथ्यता तथा बालक्लवकी अध्यक्ष श्रृष्टी अधिकारिको अध्यक्षतामा सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद पनेरुको विशेष आतिथ्यता रहेको कार्यक्रममा प्रधानाध्यापक भूपेन्द्र चौलागाई, पिटिए अध्यक्ष गुणराज राना, पूर्व प्रधानाध्यापक नमराज अर्याल, अतिरिक्त तथा सास्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्मा, तथा विद्यालयका सबै शिक्षकहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक संप्रस पौडेलले बताए । कार्यक्रमको प्राविधिक व्यवस्थापन शिक्षक तथा अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले गरेका थिए । कार्यक्रममा सबै प्रशिक्षक तथा सहभागी विद्यार्थीलाई प्रमाणपत्र समेत प्रदान गरिएको प्रधानाध्यापक चौलागाईले बताउनुभयो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan