Search
Close this search box.

हङकङले नेपाललाई दियो ८५ रनको लक्ष्य

चार देश सम्मिलित महिला टी(२० अन्तर्राष्ट्रिय खेलका लागि मलेसिया पुगेको नेपालले मंगलबार हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ।

मलेसियाको बायोमास ओभलमा जारी खेलमा नेपालसमक्ष हङकङले जितका लागि ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपाल विरुद्ध पहिले ब्याटिङ गरेको हङकङ १९।१ ओभरमा अलआउट हुँदै ८४ रनमा समेटियो।

का यिङ चनले सर्वाधिक ३४ रन बनाउँदा थप दोहोरो स्कोरका रूपमा सिङ यन दोरोथिए छनले १६ रन बनाइन्।

उसका अन्य कुनैपनि ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। नेपालका लागि सीता राना मगरले सर्वाधिक ५ विकेट लिँदा इन्दु वर्माले २ र कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले समान १- १ विकेट लिए।

नेपालले आजको खेलमा युवा अलराउन्डर पुजा महतोलाई डेब्यु दिएको छ। उनले डेब्यु खेलमा १ विकेट हात पारिन्।

आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल, मलेसिया, हङकङ र कुवेतको टी- २० सिरिज भइरहेको हो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan