Search
Close this search box.

कथा लेखन प्रतियोगितामा जनप्रिय मावि प्रथम

my village Learning village, Galli Glli र Pal network को सहकार्य तथा जनप्रिय मावि र दिव्यसेवा जनप्रिय बाल समुहको आयोजनामा निमावि स्तरिय कथा लेखन तथा बाचन प्रतियोगिता आज जनप्रिय माविको सभाहलमा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास संयोजक एवम् १६ नं वडाका अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई जनप्रिय बाल समुहकी अध्यक्ष श्रृष्टी अधिकारीले अध्यक्षता गरेकी हुन् ।

प्रतियोगितामा जनप्रिय मावि कक्षा ७ की छात्रा रोजिना तिमल्सिना प्रथम, जनप्रिय माविकै कक्षा ८ का छात्र विश्वास श्रेष्ठ द्धितीय त्यसैगरी चन्द्रोदय मावि हेटौंडाकी छात्रा रितिका खतिवडा तृतीय र सुनगाभा शिक्षा निकेतन हेटौंडाकी सुविसा दुलालले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । कार्यक्रममा स्थललगत रुपमा कथा लेखन गरेपछि छनौटमा परेका उत्कृष्ठ १० कविता वाचन समेत गरिएको थियो । लेखन र वाचन प्रस्तुती समेतलाई आधार मानेर निर्णायकहरुले निर्णय गरेका थिए । कार्यक्रमको निर्णायकमा अग्रज साहित्यकार आर आर चौलागाई, कवि एवम् युवा साहित्यकार द्वय सुवास खनाल र मसान उपासक रहेका थिए । निर्णय प्रकृयामा शुद्धता ल्याउन प्रारम्भीक छनौट भएका १० वटै कथालाई कार्यक्रम स्थलमा नै वाचन समेत गर्न लगाएको निर्णायक समिति सदस्य मसान उपासकले बताए । प्रतियोगितामा १० विद्यालयका २० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । २० मध्ये उत्कृष्ठ ४ कथाहरु पुरस्कृत भएका हुन् ।

कार्यक्रममा बाल अभियान तथा सहकृयाकलापमा उत्कृष्ठ योगदान पुर्याएको भन्दै जनप्रिय मावि मिडिया विभागका शिक्षक सुनिल गौतम, शिक्षकहरु उमा श्रेष्ठ, यसोदा भट्टराई, सीता गुरुङ्ग, लाई नगद एवम् प्रमाणपत्र सहित सम्मान गरिएको संरक्षक युक्तलाल विश्वकर्माले बताए ।

कार्यक्रममा हेटौंडा १६ का जनप्रतिनिधि गुरु प्रसाद ढकाल, जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाई, अतिरिक्त कृयाकलाप एवम् सास्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्मा, शिक्षकहरु गौरीशिखर बोर्डिङ्ग स्कुलका अनिता मगर, जनजागृती माविका रेवतीरमण शर्मा,चुरियामाई माविका गीता बस्नेत, बंशगोपाल माविकी अप्सरा न्यौपाने, सुनगाभा शिक्षा निकेतनकी सुनिता राई बालबोध माविका बच्चु सापकोटा, चन्द्रोदय माविका गणेशबहादुर पाण्डे, मकवानपुर बालविद्या सदनबाट स्पन्दन गिरी र नवज्योति माविकी अनिसा गोले लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई हेटौंडा १६ का बाल सञ्जाल अध्यक्ष प्रख्यातमान लो र जनप्रिय माविकी छात्रा काजल शर्माले सञ्चालन गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan